२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ ।
महानगरले हिजो चैत २९ गते बुधबार एक प्रेस विज्ञाप्ती जारी गर्दै महानगरभित्रका सामुदायिक विद्यालयहरूलाई अभिभावकबाट कुनै पनि शुल्क नलिन निर्देशन दिएको हो ।
शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (घ) को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ भन्ने व्यवस्थाको गलत प्रयोग गर्दै कतिपयले विद्यालयले अभिभावकबाट शुल्क असुलेको भन्दै महानगरले कुनै पनि शुल्क नलिन आग्रह गरेको छ ।
अभिभावकसँग सहयोगका नाममा निजको इच्छा विपरीत रकम लिएको पाइएमा कडा कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij