Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

राष्ट्रिय वाणिज्यका ७४ नवनियुक्त कर्मचारीलाई पूर्वसेवाकालीन तालिम

राष्ट्रिय वाणिज्यका ७४ नवनियुक्त कर्मचारीलाई पूर्वसेवाकालीन तालिम


  • 1.9K
    Shares

    • images
    राष्ट्रिय वाणिज्यका ७४ नवनियुक्त कर्मचारीलाई पूर्वसेवाकालीन तालिम
    images

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि छनौट भएका कर्मचारीलाई पूर्वसेवाकालीन तालिम दिएको छ। 

    प्रशासन सेवाका नवनियुक्त सहायक ७४ जना कर्मचारीहरुलाई बुधबारबाट चौध दिने पूर्वसेवाकालीन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको बैंकले जनाएको छ। 

    तालिमको उद्घाटन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कर्मचारीले दश पाँचको जागिर मात्र नगरेर व्यावसायिक ढङ्गबाट काम गरेरमा ग्राहकहरु सन्तुष्ट भई संस्थाको उत्पादकत्व बृद्धि हुने बताए। 

    कार्यक्रममा उपकार्यकारी अधिकृत विमल डंगोलले स्वागतमन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा मानव संसाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक प्रशासन सेवाका ७४ कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए। 

    कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विनयरमण पौडेल, विभागीय प्रमुख पद्मा लक्ष्मी जि.सी, मानव संसाधन विभागका उपप्रमुख हरिवावु आचार्यलगायत कर्मचारीहरुको उपस्थिति थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २६६ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेका छन्। 

     

    कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी वहन गर्दा अपनाउनुपर्ने कर्तव्यबोध गराउँदै ग्राहकहरुको बैंकप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताए। 

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - १२:३६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij