२०८२ फाल्गुण २९ गते शुक्रवार
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना माघसम्म दोस्रो त्रैमास ३८ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको माघसम्म ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ देखिएको हो। अघिल्लो वर्ष २०८१/८२ को माघसम्म वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।
तथ्यांकअनुसार सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने वृद्धिदरका हिसाबले कुमारी बैंक अग्रस्थानमा रहेको छ।
समीक्षा अवधिसम्म नबिल बैंकले ५ अर्ब ३८ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यसैगरी दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएम बैंक रहेको छ। समीक्षा अवधिसम्म बैंकले ४ अर्ब १४ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ८९ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
तेस्रो धेरै नाफा आर्जन गर्नेमा कुमारी बैंक रहेको छ। बैंकले समीक्षा अवधिसम्म ३ अर्ब १७ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ७३ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। वाणिज्य बैंकहरुमा यो वृद्धिदर सर्वाधिक हो।
त्यस्तै समीक्षा अवधिसम्म एभरेष्ट बैंकले २ अर्ब ५० करोड ५३ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब ३९ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म एभरेष्टले २ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ प्राइमले २ अर्ब १८ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १० वटा बैंकको नाफा बढेको छ भने १० वटाको घटेको छ। समीक्षा अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा लक्ष्मी सनराइज बैंक रहेको छ। यो बैंकले २४ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij