२०८२ फाल्गुण २९ गते शुक्रवार
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा मिति २०८२ फागुन २८ गते, बिहीबार काठमाडौंमा बैंकका सञ्चालक समितिकाअध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको छ।
बैंकका अध्यक्ष हरि चन्द्र खड्काले पानसमा दीप प्रज्वलन गरी औपचारिक रूपमा सभाको शुभारम्भ गरेको थियो ।
उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ।
यसैगरी सभाले यस विकास बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लि. को आ.व. २०८१/८२ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने प्रस्ताव छलफल गरी पारित गरेको छ।
साथै, सभाले बैंकको आ.व. २०८२/८३ को लेखापरिक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गरेको छ।
साधारण सभामा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले वार्षिक प्रतिवेदन संक्षेपमा प्रस्तुत गर्नुभएको थियो। यसैगरी, सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समीक्षाधीन अवधिमा बैंकले हासिल गरेका मुख्य उपलब्धिहरूको जानकारी गराएका थिए ।
शेयरधनीहरुबाट आएका उक्त जिज्ञासाको जवाफ अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत ढकालले दिएका छन् ।
उक्त समारोहमा बैंकका शेयरधनीहरु तथा बैंकका सञ्चालक समितिका सदस्यहरु,पूर्व सञ्चालकहरु, बैंकका विभिन्न पदाधिकारीहरु र कर्मचारीवर्गको उपस्थिति रहेको थियो।
ज्योति विकास बैंकले हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij