Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

किताबको उपलब्धताबारे अनुगमन गर्न स्थानीय तहलाई केन्द्रको निर्देशन

किताबको उपलब्धताबारे अनुगमन गर्न स्थानीय तहलाई केन्द्रको निर्देशन


  • 2.5K
    Shares

    किताबको उपलब्धताबारे अनुगमन गर्न स्थानीय तहलाई केन्द्रको निर्देशन

    काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाठ्यपुस्तकको प्राप्ति, वितरण तथा गुणस्तरको अनुगमन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । देशभरका सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई पाठ्यपुस्तकको प्राप्ति, वितरण तथा गुणस्तरको अनुगमन गर्न निर्देशन दिएको हो ।

    कक्षा १ देखि कक्षा १२ सम्मका सामुदायिक विद्यालयका सम्पूर्ण विद्याजीहरूलाई भर्ना अभियान सँगसँगै पाठ्यपुस्तक उपलब्ध गराउनुपर्छ । केन्द्रले स्थानीय तह र इकाइहरूलाई पाठ्यपुस्तक सेटमा नै उपलब्ध भए नभएको अनुगमन गर्न भनेको हो ।

    पाठ्यपुस्तको उपलब्धता तथा वितरण व्यवस्थामा थप जानकारी लिनु परेमा केन्द्रको पाठ्यक्रम तथा सामग्री शाखामा सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।

    वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरू हुदैछ । सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १२ सम्म निःशुल्क पाठ्यपुस्तक वितरण गर्दै आएको छ । विगतका वर्षहरूमा समयमा नै पाठ्यपुस्तक नपाउने समस्या थियो । यो वर्ष त्यो परिपार्टीको अन्त्य गर्नका लागि सरकारले केन्द्र, जनक शिक्षा लगायतलाई बारम्बार ताकेता गर्दै आएको छ । 

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - ११:३८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij