Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

कांग्रेससँगको वार्ता समाप्त भएको गोविन्दराज जोशीको घोषणा

कांग्रेससँगको वार्ता समाप्त भएको गोविन्दराज जोशीको घोषणा


  • 2.1K
    Shares

    कांग्रेससँगको वार्ता समाप्त भएको गोविन्दराज जोशीको घोषणा
    images

    काठमाडौं । नेपाली कांग्रेस स्वतन्त्र अभियान चलाउँदै आएका गोविन्दराज जोशीले नेपाली कांग्रेससँगको वार्ता आजदेखि समाप्त भएको घोषणा गरेका छन् ।

    कांग्रेस नेताहरुसँगको वार्ता झुक्याउने प्रयत्न मात्र भएको र गोविन्दराज जोशी समेतको कारबाही फिर्ता भयो भनेर झुटो प्रचार गरिएको भन्दै जोशीले आजदेखि वार्ता समाप्त भएको घोषणा गरेका हुन् ।

    वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ मा हुन लागेको उपनिर्वाचनको सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोविन्दराज जोशीका छोरा दीपकसँग छलफल गरेका थिए । तर सो छलफल निष्कर्षविहीन भएको थियो ।

    तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । कांग्रेस छाडेर स्वणिर्म वाग्ले रास्वपाबाट उम्मेदवार बनेका छन् । कांग्रेस नेताहरुले भने जोशीलाई फकाउने प्रयास गर्दै आएका छन् । तर जोशीले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उहाँहरूले वार्तामा मूल समस्या समाधान गर्ने चासो नदेखाउनु भएका कारण वार्ता समाप्त भयो ।’ कांग्रेसबाट विभिन्न कारणले अलग्गिएकाहरुलाई सम्मानका साथ समेटेर पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राख्दै आएको छ ।

     

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - ११:०३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij