Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

सर्‍यो रास्वपा केन्द्रीय समिति बैठक, होला त ‘कोर टिम’ सार्वजनिक ?

सर्‍यो रास्वपा केन्द्रीय समिति बैठक, होला त ‘कोर टिम’ सार्वजनिक ?


  • 2.4K
    Shares

    सर्‍यो रास्वपा केन्द्रीय समिति बैठक, होला त ‘कोर टिम’ सार्वजनिक ?
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सरेको छ । सांसद ढाकाकुमार श्रेष्ठसँग  जोडिएको अडियोबारे निर्णय लिन बुधवार बिहान ९ बजे बोलाइएको केन्द्रीय समितिको बैठक दिउँसो २ बजेका लागि सरेको हो। 

    केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गरिने रास्वपा महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए । उनका अनुसार कतिपय सदस्य बाहिर रहेका कारणले पनि बिहान बोलाइएको बैठकको समय सारिएको छ । पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मङ्गलवार सभापति रवि लामिछानेलाई बुझाएकाले थियो ।

    समितिसँगको बयानमा सांसद श्रेष्ठले अडियो आफ्नो नभएको बताएका छन् । आफूलाई पार्टीले कारबाही गरेको अवस्थामा पैसा माग्ने सभापति रवि लामिछानेको कोर टिमको खुलासा गरिदिने चेतावनी दिने सांसद श्रेष्ठको चेतावनी छ ।

    श्रेष्ठले भनेको कोर टिममा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल केन्द्रीय सदस्य दीपक बोहरा लगायत रहेको बुझिएको छ । उपाध्यक्ष अर्याल सांसद श्रेष्ठमाथि कारबाही गर्न नहुने पक्षमा रहेको रास्वपा स्रोत बताउँछ ।

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - १०:२४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij