Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

२ करोड अडियो प्रकरण: रास्वपाको ‘कोर टिम’ सार्वजनिक गरिदिने सांसद श्रेष्ठको चेतावनी

२ करोड अडियो प्रकरण: रास्वपाको ‘कोर टिम’ सार्वजनिक गरिदिने सांसद श्रेष्ठको चेतावनी


  • 2.1K
    Shares

    २ करोड अडियो प्रकरण: रास्वपाको ‘कोर टिम’ सार्वजनिक गरिदिने सांसद श्रेष्ठको चेतावनी
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले पार्टीको कोर टिम सार्वजनिक गरिदिने चेतावनी दिएका छन् । उनले आफू अप्ठेरो परेका बेला पार्टीले सहयोग नगरे उक्त टिम सार्वजनिक गरिदिने चेतावनी दिएका हुन् ।

    छानबिन समितिले बयान लिने क्रममा श्रेष्ठले यस्तो बताएको एक स्रोत बताउँछ । स्रोतका अनुसार, ‘अप्ठेरो परेको बेला पार्टीले सहयोग गर्नुको साटो साधारण सदस्यसमेत नरहने गरि कार्बाही गरे कोर टिम सार्वजनिक गरिदिने चेतावनी दिनुभएको छ ।

    यद्यपि उहाँले बयान दिनेक्रममा रिलाइजेसन गर्नु पनि भएको छ । उहाँले आफूलाई फसाउन खोजिएको बताउँनुभयो ।’

    श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न लागेकोले पार्टीलाई सहयोग गर्नुपर्ने भन्दै २ करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग घुस मागेको अडियो केही दिनअघि सार्वजनिक भएको थियो ।

    अडियो सार्वजनिक भएको ७२ घण्टाभित्रै प्रतिवेदन सार्वजनिक गर्ने छानबिन समिति बताएको थियो । रास्वपाले आज २ बजे केन्द्रीय समिति बैठक बोलाएको छ । केन्द्रीय समिति बैठक २ बजेका लागि सारिएको छ । त्यसलगत्तै उसले पत्रकार सम्मेलन पनि गर्ने तयारी गरेको छ ।

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - १०:०३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij