Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

त्रिविद्धारा अत्यन्त जरुरी सूचना प्रकाशित (सूचनासहित)

त्रिविद्धारा अत्यन्त जरुरी सूचना प्रकाशित (सूचनासहित)


  • 2.4K
    Shares

    त्रिविद्धारा अत्यन्त जरुरी सूचना प्रकाशित (सूचनासहित)
    images

    त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले त्रि.वि. बाट सम्बन्धन प्रदत्त क्याम्पसहरुलाई नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ ।

    नविकरण भएका कलेज र क्याम्पसको विवरण बारे मिती २०७९/१२/२७ सम्म व्यवस्थापन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको प्राज्ञिक नियन्त्रणमा रही सम्बन्धन नविकरण भएका तपसिल बमोजिमका क्याम्पस र कलेजहरुको विवरण प्रकाशित गरिएको सूचनामा उल्लेख छ ।

    त्यस्तै त्रि. वि. को नियमानुसार विभिन्न संकाय तथा संधानहरुको प्राज्ञिक नियन्त्रणमा रही कार्यक्रमहरु संचालन गरेका क्याम्पस र कलेजहरु मध्ये कतिपयले हालसम्मपनि नविकरण नगरेको पाईएकोले उक्त कलेजहरुलाई त्रि.वि. नियमानुसार किन खारेजी नगर्ने सम्बन्धमा कुनै मुनासिव कारण भए २०८० वैशाख मसान्तसम्म सम्बन्धित दिन कार्यलयहरुमा निवेदन दिन सुचित गरिएको छ ।

    कार्यक्रम र सम्बन्धन खारेजी सम्बन्धमा विभिन्न संकाय तथा संधानहरुको कार्यक्रमहरु सम्बन्धन लिएका क्याम्पस र कलेजहरुले कुनै वा सबै कार्यक्रमहरु खारेजी गर्न चाहेमा त्रि. वि. योजना निर्देशनालयमा निवेदन दिनुहुन त्रि.वि.ले निर्देशन दिएको छ ।

    नविकरण पत्रका सम्बन्धमा नविकरणमा रहेका क्याम्पस र कलेजहरुले नविकरण पत्र लिन त्रि.वि. विनियोजन शाखाबाट लिएको User Name/Password प्रयोग गरी विनियोजन शाखाको चल्ती खाता नं. ०४५००१००१०११५३०००००१ मा प्रति संकाय रु.२००० (दुई हजार) बुझाएको अनलाइन रसिदको प्रतिलिपी र निवेदन सहित योजना निर्देशनालयमा अविलम्ब सम्पर्क राख्नुहुन त्रि.वि.ले सूचित गरेको छ ।

    नेपाली नामाकरणलाई अङ्ग्रेजीमा लेख्खा वा अन्य कारणहरुले नविकरण भएका क्याम्पस र कलेजहरुको नाम, स्थान, अध्यावधिक विवरण अन्यथा भएमा कार्यालयको आधिकारीक रेकर्ड वमोजिम हुने र सोहि वमोजिम नविकरण भएको मानी नविकरण पत्र दिईने सूचनामा उल्लेख छ।

    सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

    प्रकाशित मिति :चैत्र २७ २०७९ सोमवार - १५:४७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij