Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

साढे ५ अङ्कले बढ्यो शेयर बजार, ९१ करोड रुपैयाँको कारोबार

साढे ५ अङ्कले बढ्यो शेयर बजार, ९१ करोड रुपैयाँको कारोबार


  • 1.8K
    Shares

    साढे ५ अङ्कले बढ्यो शेयर बजार, ९१ करोड रुपैयाँको कारोबार
    images

    आज साेमवार शेयर बजार सामान्य अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ५४ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव शून्य तीन विन्दुमा पुगेको हो ।

    आज बजार सामान्य बढे पनि कारोबार रकममा भने कमी आएको छ । दुई सय ६१ वटा कम्पनीका २९ लाख ६० हजार कित्ता शेयर ९१ करोड १९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको छ करोड ८४ लाख र तमोर हाइड्रोपावरको शेयर छ करोड ६५ लाख रुपैयाँमा किनबेच भयो ।

    आज सबैभन्दा धेरै तमोर हाइड्रोपावर कम्पनी र कालिञ्चोक दर्शन लिमिटेड कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्तका शेयरधनीले साढे छ प्रतिशत र बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले साढे पाँच प्रतिशत गुमाएका छन् ।

    प्रकाशित मिति :चैत्र २७ २०७९ सोमवार - १४:२६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij