२०८२ चैत्र १ गते आइतवार
काठमाडौँ । मुलुकमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले गर्दा मौसममा फेरबदल आएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली हुनुका साथै गण्डकी, कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायतका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
यसैगरी, देशका हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। तराईका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा पनि वर्षाको सम्भावना देखिएको छ।
आज राति पनि मौसममा सुधार हुने सङ्केत छैन। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी क्षेत्रमा बादल लाग्ने र वर्षा तथा हिमपातको क्रम जारी रहने पूर्वानुमान गरिएको छ।
कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा समेत मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij