Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

भूगोल इनर्जी डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

भूगोल इनर्जी डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 1.7K
    Shares

    भूगोल इनर्जी डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
    images

    भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिन आज अन्तिम मौका हो ।

    कम्पनीले चैत २३ गतेदेखि चैत २७ गते सम्म म्याद राख्दै सर्वसाधारणमा १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँको १० लाख ८८ हजार १०७ कित्ता आईपीओ निष्कासन गरेको थियो । सोही म्यादको अन्तिम दिन अर्थात् चैत २७ गते आज रहेकाले इच्छुक लगानीकर्ताहरुले आज बेलुका ५ बजेसम्म कम्पनीको आईपीओका लागि आवेदन दिन सक्नेछन् । 

    कूल निष्काशित सेयरमध्ये कम्पनीले १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ भने ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी १३ लाख ४६ हजार ९९३ कित्ताका लागि सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

    इच्छुक लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।

    प्रकाशित मिति :चैत्र २७ २०७९ सोमवार - १०:०९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij