Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा


  • 526
    Shares

    • images
    सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। सञ्चालक समितिको बैठकको निर्णयले सो निर्णय गरेको हो।

    कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब १५ करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

    जसमा ५ प्रतिशतले हुन आउने १० करोड ७५ लाख रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ५६ लाख ५७ हजार ८९५ रुपैयाँबराबरको नगद लाभांश छन्।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।

     

     

    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - ११:२५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij