Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

स्ववियु चुनाव गराउन बाँकी क्याम्पसमा ३ विद्यार्थी संगठनको माग

स्ववियु चुनाव गराउन बाँकी क्याम्पसमा ३ विद्यार्थी संगठनको माग


  • 1.6K
    Shares

    स्ववियु चुनाव गराउन  बाँकी क्याम्पसमा ३ विद्यार्थी संगठनको माग
    images

    स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन बाँकी सबै क्याम्पसमा एउटै मितिमा चुनाव गर्नेगरी तत्काल निर्वाचन कार्यतालिका सार्वजनिक गर्न प्रमुख तीन विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयसँग माग गरेका छन्। 

    नेपाल विद्यार्थी संघ (नेविसंघ) का सभापति दुजाङ शेर्पा, अखिल ९क्रान्तिकारी० की अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बुधबार बिहान संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै स्ववियु चुनाव हुन नसकेका त्रिभुवन विश्वविद्यालयका सबै आगिंक र सम्बन्धनप्राप्त क्याम्पसमा एकैदिन चुनाव हुनेगरी तत्काल निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गरेका हुन्।

    ‘विश्वविद्यालयमा चलिरहेको परीक्षालाई मध्यनजर गर्दै मनोनयन हुन बाँकी रहेका त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण आगिंक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा एउटै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी तत्काल निर्वाचन कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयसँग संयुक्त विद्यार्थी संगठनहरू जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ। 

    यसअघि चैत ५ गते अवैधानिक भर्ना, क्याम्पस प्रशासनको लापरबाही र मनोमानी ढंगबाट चालिएका नियोजित कदमका कारण केही क्याम्पसमा निर्वाचन सम्पन्न हुन नसकेको आरोप ती विद्यार्थी संगठनले लगाएका छन्। 

    विज्ञप्तिमा उनीहरूले अगाडि भनेका छन्, ‘विश्वविद्यालय र क्याम्पसहरूलाई कुनै दल विशेषको इशारामा चलाउने, स्वच्छ र मर्यादित रूपमा स्ववियु निर्वाचन नगराई मनोमानी ढंगले दलगत स्वार्थपूर्तिका लागि निर्वाचनलाई प्रयोग गर्ने गैरजिम्मेवार र अवैधानिक हर्कतको घोर निन्दा गर्दै निष्पक्ष र धाँदलीरहित  वातावरणमा निर्वाचनको सुनिश्चितता गर्न संयुक्त विद्यार्थी संगठनहरू अनुरोध गर्दछौँ।’ 

    स्ववियु निर्वाचन बिथोल्ने प्रपञ्च रची विद्यार्थीलाई आफ्ना प्रतिनिधि चुन्ने लोकतान्त्रिक अधिकारबाट वञ्चित गराइयो भने आन्दोलनमा उत्रिने चेतावनी पनि ती विद्यार्थी संगठनले दिएका छन्। यसबाट उत्पन्न हुने परिस्थितिको सामना स्वयं विश्वविद्यालय र क्याम्पस प्रशासनले गर्नुपर्ने चेतावनी विज्ञप्तिमा दिइएको छ।

    प्रकाशित मिति :चैत्र २२ २०७९ बुधवार - १०:२३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij