Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

रास्वपाले तनहुँ–१ मा स्वर्णिम, चितवन–२ मा रवि र बारा–२ मा रमेशलाई उम्मेदवार बनाउने

रास्वपाले तनहुँ–१ मा स्वर्णिम, चितवन–२ मा रवि र बारा–२ मा रमेशलाई उम्मेदवार बनाउने


  • 1.9K
    Shares

    रास्वपाले तनहुँ–१ मा स्वर्णिम, चितवन–२ मा रवि र बारा–२ मा रमेशलाई उम्मेदवार बनाउने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० वैशाख गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ। 

    शनिबार पार्टी कार्यालय महाराजगञ्जमा पत्रकार सम्मेलन गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

    गत ४ मंसिरको निर्वाचनमा चितवन २ मा पार्टी अध्यक्ष लामिछाने  निर्वाचित भएका थिए। सर्वोच्च अदालतले नागरिकता विवादमा पद खारेज गरेपछि उपचुनावमा हुन लागेको हो।

    रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त तनहुँ १ मा रास्वपाले कांग्रेस छाडेका वाग्लेलाई उम्मेदवार बनाएको हो।

    बारा २ मा उम्मेदवार तय भएका खरेल गत ४ मंसिरको निर्वाचनमा हाम्रो सुशासन पार्टीबाट काठमाडौं १ मा उठेर पराजित भएका थिए। रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ मा उपचुनाव हुन लागेको हो।

    प्रकाशित मिति :चैत्र १८ २०७९ शनिवार - १६:१९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij