२०८२ भाद्र १ गते आइतवार
धर्मस्थली ६ मा अवस्थित गिनिज स्कूलले ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ ।
सोही दिनको अवसर पारेर स्कूलले २०७६ सालको सम्पुर्ण ECA/CCA कार्यक्रमहरुमा जित्न सफल बिद्यार्थी लाई प्रमाणपत्र र मेडलले सम्मानित गरिएको छ ।
बिधालय प्रांगणमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रधानाध्यापक तथा संचालक समिति अध्यक्षले बिद्यार्थीलाई प्रमाणपत्र र मेडलले सम्मानित गरिएको बिधालय इन्चार्ज रामेश्वर सिंखडाले जानकारी दिनुभयो ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ ।
आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij