२०८२ माघ ८ गते बिहिवार
आज देशैभरि एकसाथ माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ।
तर धनुषाको एक परीक्षा केन्द्रमा अंग्रेजीको साटो अनिवार्य नेपाली विषयको प्रश्नपत्र पुर्याइएको पाइएको छ। जसका कारण त्यहाँ परीक्षा एक घण्टा ढिला सुरु भएको छ।
धनुषाको औरही गाउँपालिकामा रहेको चक्कर मावि परीक्षा केन्द्रमा अंग्रेजीकाे साटो नेपाली विषयकाे प्रश्नपत्र पुगेपछि परीक्षा निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको हो। देशभर परीक्षा बिहान ८ बजे सुरु गरिएको हो।
जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख युक्त शर्माले भने, ‘प्रश्नपत्र पुर्याउन त्यहाँ ढिला भयो, त्यसैले ढिलागरी परीक्षा सुरु गर्नुपर्यो। त्यहाँ मुचुल्का गरेर परीक्षा सञ्चालनमा ल्याइयो।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij