Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

यस्तो छ एसईईका परीक्षार्थीले उत्तरपुस्तिकामा विवरण भर्दा ध्यान दिनुपर्ने कुरा

यस्तो छ एसईईका परीक्षार्थीले उत्तरपुस्तिकामा विवरण भर्दा ध्यान दिनुपर्ने कुरा


  • 6.0K
    Shares

    यस्तो छ एसईईका परीक्षार्थीले उत्तरपुस्तिकामा विवरण भर्दा ध्यान दिनुपर्ने कुरा

    भोलीदेखी कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)सुरु हुँदैछ । कतिपय विद्यार्थीमा परीक्षा हलभित्र गईसकेपछि मूल उत्तरपुस्तिकामा भर्नुपर्ने विवरणहरु कसरी भर्ने भन्ने अलमल पनि हुन सक्छ । यसका लागि विद्यार्थीले विवरण भर्नु भन्दा पहिला उत्तर पुस्तिकामा रहेको परीक्षार्थीलाई दिइएको निर्देशन पढ्न आवश्यक छ । परीक्षार्थीले मूल उत्तरपुस्तिकामा विवरण भर्दा ध्यान दिनुपर्ने कुराहरु यस प्रकार छन् ।

    १) परीक्षार्थीले आफ्नो सिम्बोल नम्बर अङ्क र अक्षरमा प्रष्ट रुपमा लेख्नुपर्छ ।

    २) उत्तर पुस्तिकाको विषयमा जुन विषयको परीक्षा दिने हो त्यही विषय लेख्नुपर्छ ।

    ३) उत्तरपुस्तिकाको पत्र लेखिएको ठाउँमा उल्लेख नगर्दा पनि हुन्छ । यदि गर्नेपरे अनिवार्य वा ऐच्छिक प्रथम र ऐच्छिक दितृय मध्ये कुन विषयको परीक्षा दिने हो त्यही लेख्नुपर्छ ।

    12.jpg

    ४)भाषाको माध्यममा कुन भाषको परीक्षा छ वा कुन भाषामा लेख्ने हो त्यही भाषा उल्लेख गर्नुपर्छ ।

    ५) परक्षार्थीले हाजिरी फाराम भर्दा मूल उत्तरपुस्तिकाको माथीपट्टी लेखिएको उत्तरपुस्तिका नम्बर प्रष्ट रुपमा अनिवार्य लेख्नुपर्छ । यसरी लेख्दा उत्तरपुस्तिका हराउँने सम्भावना कम हुन्छ भने नतिजा स्थगित भएको अवस्थामा, पुनर्योग गर्दा उत्तरपुस्तिका खोज्न सहज हुन्छ ।

    13.jpg

    ६) कुनै विषयमा खेस्रा आदि गर्नु परेमा यही उत्तरपुस्तिकामा गर्नुपर्छ । खेस्रा गरिएको विषयवस्तु केरिएको हुनुपर्छ तर च्यात्नु हुँदैन ।

    ७) उत्तरपुस्तिकामा एकै रङको मसी प्रयोग गर्नुपर्दछ । मसी फरक परेमा निरीक्षकको हस्ताक्षर गराउनु पर्दछ ।

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - २०:०९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij