Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

कोका-कोला र डोको रिसाइक्लरद्वारा काठमाडौं र भरतपुरमा पिइटी सङ्कलन बिनहरू राखिँदै

कोका-कोला र डोको रिसाइक्लरद्वारा काठमाडौं र भरतपुरमा पिइटी सङ्कलन बिनहरू राखिँदै


  • 2.2K
    Shares

    कोका-कोला र डोको रिसाइक्लरद्वारा काठमाडौं र भरतपुरमा पिइटी सङ्कलन बिनहरू राखिँदै
    images

    काठमाडौं । कोका–कोला र डोको रिसाइक्लरद्वारा काठमाडौं र भरतपुरमा पिइटी सङ्कलन बिन राखिने भएको छ ।

    कोका–कोला नेपाल र डोको रिसायकलर्सको संयुक्त पहलमा काठमाडौं उपत्यका र भरतपुरमा १५ वटा जानकारीमूलक पीईटी कलेक्सन बिन राखिने कम्पनीले जनाएको छ । काठमाडौंका ९ स्थान र भरतपुरका ६ स्थानमा बिन राखिने जनाइएको छ ।

    प्रयोजना अगस्ट २०२० मा स्थानीय अधिकारीको सहयोगमा सुरु भएको बोतल सङ्कलन अभियानको यो दोस्रो चरण रहेको जनाइएको छ । यस प्रक्रियामार्फत पिइटी बोतललाई पुन प्रयोगमा ल्याउन तथा जनचेतनामुलक सन्देश सर्वसाधारण माझ पुर्‍याउने उद्देश्यका साथ परियोजनाको सुरुवात गरिएको कम्पनीको भनाइ छ ।

    यी बिनमा संकलन भएका बोतलहरु प्रत्यक हप्ता डोको रिसाइक्लरले संकलन र वर्गीकरण गरेर रिसाइक्लिङको लागि पिइटी रिकभरी प्लान्टमा पठाउँछ । पिइटी सामानहरु रिसाइकल गरेर नयाँ बोतलहरू, कन्टेनरहरू लगायत कपडा र कार्पेटको लागि फाइबरको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

    यस्ता बिनहरुबाट डोको रिसाइक्लरले हालसम्म करिब २ हजार १ सय ९५ केजी पिइटी बोतलहरु संकलन र रिकभर गरिसकेको समेत बताइएको छ ।

    प्रकाशित मिति :चैत्र १० २०७९ शुक्रवार - १२:४१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij