Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

अनुमति नलिएका शैक्षिक परामर्श केन्द्रलाई १५ दिनभित्र बन्द गर्न निर्देशन

अनुमति नलिएका शैक्षिक परामर्श केन्द्रलाई १५ दिनभित्र बन्द गर्न निर्देशन


  • 694
    Shares

    अनुमति नलिएका शैक्षिक परामर्श केन्द्रलाई १५ दिनभित्र बन्द गर्न निर्देशन

    चितवन । चितवनस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक परामर्श केन्द्र तथा वैदेशिक सेवा प्रदायक संस्थालाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ ।

    कार्यालयले एक सूचना जारी गर्दै प्रचलित कानुन बमोजिम अधिकार प्राप्त संस्थाबाट स्वीकृत वा इजाजतपत्र नलिइ सञ्चालित शैक्षिक परामर्श केन्द्र र वैदेशिक रोजगार सेवा प्रदायक संस्था बन्द गराउन वा नवीकरण गर्न निर्देशन दिएको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा जारी सूचनामा यस्ता केन्द्र र संस्थाहरुले नियमित रुपमा कार्यालय सञ्चालन गर्ने गरेको ‘भिसा प्रोशेसिङ’, रोजगार प्रत्याभूत जस्ता झुटा आश्वासन दिने गरेको पाइएकाले त्यस्ता संस्थालाई कानुन अनुसार सञ्चालन हुन भनिएको छ । यो सूचनालाई अटेर गरी बसे प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख छ ।

    images
    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - ०८:२३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij