Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै सबैको हातमा पाठ्यपुस्तक पुग्छ: जनक शिक्षा

नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै सबैको हातमा पाठ्यपुस्तक पुग्छ: जनक शिक्षा


  • 2.1K
    Shares

    नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै सबैको हातमा पाठ्यपुस्तक पुग्छ: जनक शिक्षा

    काठमाडौं । आगामी १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रको लागि चैत १५ गतेभित्र पुस्तक प्रकाशन गरेर सकिने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । केन्द्रले ६ देखि १० कक्षासम्मका एक करोड ५० लाख थान पुस्तक छपाइ गर्ने जिम्मेवारी पाएको छ ।

    अब करिब दश प्रतिशत मात्र पुस्तक छाप्न बाँकी रहेकाले एक हप्ताभित्र छपाइ सकिने जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए । बाहिरी जिल्लालाई प्राथमिकता दिएर पाठ्यपुस्तक छापिएको र छापिसकेका पुस्तकहरु शाखा कार्यालयमा पठाउने क्रम पनि जारी रहेको उनले बताए ।

    निर्देशक झाले भने, ‘हामीले प्राथमिकताका आधारमा शाखामा पुस्तक पठाइरहेका छौं । उपत्यका नजिकैका केही जिल्ला र उपत्यकालाई १५ दिन भित्र छपाइ सकेर उपलब्ध गराउँछौं । चैत १५ देखि हामी बिक्री शुरु गर्छौं ।’

    सरकारको योजना अनुसार नयाँ शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीको हात–हातमा पुस्तक पुग्ने उनले जिकिर गरे । केन्द्रका ९ वटा शाखा कार्यालयहरुमा पुस्तक पु¥याइसकेको झाले जानकारी दिए ।

    सरकारले यस वर्ष विद्यालय तहका विद्यार्थीलाई समयमै पाठ्यपुस्तक पु¥याउन सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रलाई ६ देखि १० कक्षासम्मको र निजी प्रकाशकलाई १ देखि ५ कक्षासम्मको पुस्तक छाप्न दिएको छ । निजीले कक्षा १ देखि ५ सम्मका एक करोड २० लाख थान पुस्तक छाप्नुपर्ने छ ।

    पुस्तक छपाइ जारी रहेकाले समयमा नै पुग्ने पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी डा.बाबुराम ढुंगानाले बताए । उनले भने, ‘पछिल्लो अपडेट लिएको छैन तर प्रकाशन गृहहरुले सक्छन् । समयमा पुस्तक पुर्याउन सकिन्छ ।’ स्थानीय वितरकले लापरबाही नगरे विद्यार्थीको हात–हातमा समयमै पुस्तक पुग्ने दाबी उनले गरे ।

    आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुनेछ । जस अनुसार पुस्तक प्रकाशन पनि अन्तिम चरणमा पुगेको केन्द्रले जनाएको छ ।

     

    प्रकाशित मिति :चैत्र ९ २०७९ बिहिवार - १४:१४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij