Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

जनता तर्साउन नलागी देश विकासबारे सोच्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

जनता तर्साउन नलागी देश विकासबारे सोच्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव


  • 2.1K
    Shares

    जनता तर्साउन नलागी देश विकासबारे सोच्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव
    images

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीलाई जनता तर्साउने छुट नभएको बताएका छन् ।

    आज (बिहीबार) सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री आफैँ डराउनुपर्ने बेला आएको बताए । अहिले जनता डराएको अवस्थामा रहेको भन्दै प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन् ।

    ‘प्रधानमन्त्रीलाई जनता तर्साउने कुनै छुट छैन । नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्छ,’ उनले भने, ‘प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनु जनतामा नैराश्यता उत्पन्न हुनु हो ।’

    महामन्त्री थापाले प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको बताए । उनले आफूले अहिलेसम्म जनतामा यस्तो किसिमको नैराश्यता नदेखेको भन्दै सरकारलाई काम नगर्ने छुट नरहेको बताए । ‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुस् । तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ,’ उनले भने ।

    प्रकाशित मिति :चैत्र ९ २०७९ बिहिवार - १३:०५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij