Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

५ अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

५ अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम


  • 428
    Shares

    ५ अंकले  बढ्यो नेप्से, घट्यो कारोबार रकम

    काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार र मंगलबार ‘करेक्सन’ आए पनि बुधबार भने त्यो क्रम रोकिएको छ । मंगलबार ४२.५८ अंक घटेको नेप्से बुधबार भने ५.३८ अंकमात्र बढेको छ ।

    सोमबार र मंगलबारको तुलनामा नेप्सेमा कारोबार रकम भने घटेको छ । सोमबार १६ अर्बभन्दा माथि पुगेको कारोबार रकम मंगलबार केही घटेर १४ अर्बमा सीमित भएको थियो । बुधबार भने ११ अर्ब ४९ करोड रुपैयाँ मात्रै कारोबार भएको छ ।

    तर, पछिल्ला दिनमा नेप्सेमा १० अर्बभन्दा बढीको कारोबार भइरहेकाले बजारमा चुनावी उत्साह कायमै रहने संकेत गर्छ । मंगलबार २७२६.५१ बिन्दुमा बन्द भएको बजार बुधबार भने २७३१.८९ अंक पुगेको छ ।

    बुधबार नेप्सेमा कारोबार भएका १ सय ४१ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय १२ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै हेरफेर भएन ।

    बुधबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये फाइनान्स १।२४ प्रतिशत बढेको छ भने जलविद्युत् ०.९९ प्रतिशतले उकालो लागेको छ । त्यस्तै इन्भेस्टमेन्ट उपसूचक ०.१६ प्रतिशतले ओरालो लाग्दा माइक्रोफाइनान्स सूचक भने ०.१४ प्रतिशतले घटेको छ ।

    कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतले बढ्यो भने गुडविल फाइनान्स डिबेन्चर २०८३ को मूल्य ८ प्रतिशतले घटेको छ । बुधबार नेप्सेमा ३ सय ३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ ।

    प्रकाशित मिति :माघ १४ २०८२ बुधवार - १५:४४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij