Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

कर्णाली प्रदेशसभा बैठक आह्वान, छैनन् कुनै एजेण्डा

कर्णाली प्रदेशसभा बैठक आह्वान, छैनन् कुनै एजेण्डा


  • 2.0K
    Shares

    कर्णाली प्रदेशसभा बैठक आह्वान, छैनन् कुनै एजेण्डा
    images

    सुर्खेत । झन्डै दुई महिनापछि कर्णाली प्रदेशसभाको बैठक बस्ने तय भएको छ । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले चैत्र १२ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान भएको बताए ।

    अहिलेसम्म बैठकका कुनै एजेण्डा पेश भएका छैनन् । कुन विषयमा छलफल गर्ने भन्ने विषय सोही दिन १२ गते १ बजे बस्ने सर्वदलीय बैठकले निर्णय गर्ने सचिव बुढाथोकीले बताए ।

    पुस १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सभामुख र उपसभामुख चयन भएपछि छ वटा बैठक बसिसकेको छ । सभामुख माघ १ र ३ माघमा उपसभामुख चुनिएका थिए । ६ माघमा मुख्यमन्त्री राजकुमार शर्माले संसदबाट विश्वासको मत लिएका थिए । त्यस्तै, कर्णाली प्रदेशमा अहिलेसम्म ‘मिनी संसद’ संसदीय समिति समेत गठन भएको छैन ।

    प्रदेशसभामा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास गरी ४ वटा संसदीय समिति रहेका छन् ।

    ती समितिले कहिले पूर्णता पाउने हुन् भन्ने विषयमा स्वयं सरकार र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू समेत बेखबर रहेका छन् ।

     

    प्रकाशित मिति :चैत्र ९ २०७९ बिहिवार - १२:४८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij