Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

उपनिर्वाचन: गढीमाईको दर्शनपछि सीके राउतले थाले बारा–२ मा चुनावी अभियान

उपनिर्वाचन: गढीमाईको दर्शनपछि सीके राउतले थाले बारा–२ मा चुनावी अभियान


  • 1.8K
    Shares

    उपनिर्वाचन: गढीमाईको दर्शनपछि सीके राउतले थाले बारा–२ मा चुनावी अभियान
    images

    काठमाडौं । जनमत पार्टीले बारा क्षेत्र नम्बर–२ मा उपनिर्वाचनको तयारी थालेको छ । पार्टीका अध्यक्ष डा. सीके राउतले आज वीरगञ्जस्थित गढीमाईको दर्शनपछि 'मिसन बारा–२' को शुभारम्भ गरेका हुन् । 

    उनले समाजिक सञ्जालमार्फत बारा क्षेत्र नम्बर–२ मा बाहिरी अर्थात् फिरंगी उमेदवारको सम्भावना नरहेको भन्दै आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । 

    जनता समाजवादी पार्टी ९जसपा० बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा–२ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ । 

    उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने तयारीमा छन् । जसपाले गठबन्धनले उक्त क्षेत्रमा आफ्नो उमेदवारलाई सघाउनुपर्ने दाबी थालेको छ । गठबन्धनमै रहेको दल जनमतले त्यहाँ आफ्ना उमेदवार उठाउने गरी तयारी थालेको हो ।

    प्रकाशित मिति :चैत्र ९ २०७९ बिहिवार - १२:४५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij