Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

महतको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुँदै

महतको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुँदै


  • 1.8K
    Shares

    महतको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुँदै
    images

    प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ । यसअघि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने चर्चा थियो । तर, खड्काले नमानेपछि सभापति शेरबहादुर देउवाले महतको नेतृत्वमा सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

    सभापति देउवाले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम आजै फाइनल गर्ने भएका छन् । त्यसको लागि उनले आज पार्टीका शीर्ष नेताहरुसँग परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि देउवासँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरिसकेका छन् । मन्त्रालय बाँडफाँटमा लगभग सहमतिनजिक रहेका दाहाल र देउवाले सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुसँग आज पूनः छलफल गर्ने भएका छन् ।

    हिजो गठबन्धनको बैठकमा पनि यसबारेमा छलफल भएको थियो । तर, नेताहरु हिजो मन्त्रालय बाँडफाँटको सहमतिमा पुग्न सकेका थिएनन् । प्रधानमन्त्री दाहालले यसपटक सरकारलाई पूर्णता दिँदा उपप्रधानमन्त्री नराख्ने भएका छन् । उनले यसबारेमा कांग्रेस सभापति देउवासँग पनि छलफल गरेका छन् । अहिले भएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि मन्त्रीको मात्रै जिम्मेवारी दिने दाहालको योजना छ ।

    यसअघि एमाले, राप्रपा र रास्वपा सरकारमा हुँदा चार जना उपप्रधानमन्त्री थिए । चार चार जना उपप्रधानमन्त्री हुँदा सरकारको आलोचना भएको थियो । प्रधानमन्त्री दाहालले ढिलोमा चैत्र १३ गतेभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिइसक्ने घोषणा गरेका छन् । स्रोतकाअनुसार कांग्रेसले ८, माओवादीले प्रधानमन्त्रीसहित पाँच, जसपा र एकीकृत समाजवादीले २÷२ र अन्य दलहरुलाई एक÷एक मन्त्रालय दिने प्रस्ताव छ ।

    प्रकाशित मिति :चैत्र ९ २०७९ बिहिवार - १२:२१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij