Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कहिले हुन्छ माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको परीक्षा ?

कहिले हुन्छ माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको परीक्षा ?


  • 3.0K
    Shares

    कहिले हुन्छ माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको परीक्षा ?

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको परीक्षा गराउने अन्तिम तयारी भइरहेको जनाएको छ ।

    आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बजेट अभावको कारण परीक्षा सञ्चालनमा समस्या आउने नदेखिएको बताए ।

    उनले भने, ‘हामीलाई बजेट अभाव हो तर अहिलेसम्मको स्थितिमा परीक्षा सञ्चालन गर्न समस्या होला जस्तो लागेको छैन ।’ उनको भनाई अनुसार बुधबार नै परीक्षा केन्द्रको विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

    आयोगले बजेट अभावको कारण समस्या भइरहेकोले भन्दै अर्थ मन्त्रालयसँग ४ करोड २० लाख बजेट माग गरेको छ । अर्थ मन्त्रालयले नियमित काम नरोक्न भनेकाले आयोगको कुनै पनि काम रोकिने अवस्था नआउने सम्भावना रहेको सूचना अधिकारी मरहठ्ठाले बताए ।

    आयोगले गत पुष २५ गते ६८६ पदमा खुलाएको खुला प्रतियोगितात्मक विज्ञापनको परीक्षा चैत १८ गते तोकेको छ । प्रावि तहमा ६ हजार १३ रिक्त पदमा विज्ञापन हुने

    शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमामा बिहिबार विज्ञापन गर्ने तयारी गरेको छ । आयोगको अनुसार प्रावि तहमा नेपालभरको लागि ६ हजार १३ रिक्त पदको लागि विज्ञापन हुनेछ ।

    आयोगको सूचना अधिकार सुदर्शन मरहठ्ठाले भने ‘हामी प्रावि तहको विज्ञापन भोलि गर्ने अन्तिम तयारीमा छौं । विज्ञापन रोकिदैन ।’ बजेट अभावको कारण प्रावि तहको विज्ञापन गर्न पनि समस्या हुन सक्ने सम्भावना नभएको मरहठ्ठाले बताए ।

    प्रकाशित मिति :चैत्र ८ २०७९ बुधवार - १६:२४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij