Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

मुख्यमन्त्रीले विश्वासको मत लिने दिन काठमाडौँबाट फर्केनन् कांग्रेसका सांसद

मुख्यमन्त्रीले विश्वासको मत लिने दिन काठमाडौँबाट फर्केनन् कांग्रेसका सांसद


  • 1.9K
    Shares

    मुख्यमन्त्रीले विश्वासको मत लिने दिन काठमाडौँबाट फर्केनन् कांग्रेसका सांसद
    images

    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न आज बोलाइएको प्रदेशसभा बैठकमा नेपाली कांग्रेस अनुपस्थित नहुने भएको छ।

    बागमती प्रदेश कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले आफूहरु आज कुनै पनि हालतमा बैठकमा उपस्थित हुन नसक्ने प्रस्ट पारे । उनका अनुसार कांग्रेसका प्रदेशसभा सदस्यहरु काठमाडौंमै छन् ।

    प्रदेशसभा बैठक दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको छ । तर साढे २ बजेसम्म पनि कांग्रेसका सांसदहरु हेटौंडातर्फ प्रस्थान गरेका छैनन् ।

    कांग्रेस संसदीय दलका उपनेता चित्रकारले भने, ‘मुख्यमन्त्रीले हामीसँग सल्लाह नै नगरी विश्वासको मतसम्बन्धी निर्णय लिनुभयो, हाम्रा सांसद काठमाडौंमै छन् । आजको बैठकमा उपस्थित हुने कुनै सम्भावना छैन ।’

    आफूहरुले मुख्यमन्त्रीलाई चैत १० गते विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न सुझाव दिएको पनि उनले बताए । तर मुख्यमन्त्रीबाट कुनै जवाफ नआएको उनको भनाइ छ ।

    उनले आफूहरु मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकारात्मक रहेको र यसबिचमा केन्द्रबाट बागमती प्रदेशको नेतृत्व कांग्रेसले नै गर्ने निर्णय भएमा त्यसका लागि पनि तयार रहेको तर आजको बैठकमा भने सहभागी हुन नसक्ने प्रस्ट पारे । 

    प्रकाशित मिति :चैत्र ८ २०७९ बुधवार - १४:४६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij