२०८२ मंसिर ३ गते बुधवार
गोरखाको अजिरकोट गाउँपालिका घ्याच्चोकमा एउटा घर जलेर नष्ट भएको छ । वडा नम्बर –१ स्थित धन्सीराको केतुङका सुकबहादुर गुरुङको घर जलेर नष्ट भएको स्थानिय विरबहादुर गुरुङले जानकारी दिए ।
घर जल्दा नगद, गरगहना र अन्तपात तथा लत्ता कपडा सबै जल्दा २० लाख बरावरको क्षती भएको उनले बताए । गुरुङका अनुसार ६ गते राती अचानक विष्फोट भएर ठुलो आँवाज आएपछि घटना स्थलमा पुग्दा सुकवहादुरको घर जलेर पूर्ण रुपमा क्षती भएको उनले भने ‘बम पडकिएको जस्तो आवाज आयो अनि हामी सबै गाउँलेहरु मिलेर त्यहाँ पुग्दा त घर पुरै जलेर नष्ट भएको देखियो’ ।
घर धनी सुकबहादुर घरभन्दा पर रहेको पचबुङ भन्ने स्थानमा झाँक्री बोलाएको हेर्न गएको बेला आगलागी भएको थियो । घरमा श्रीमान श्रीमती मात्र बस्दै आएका थिए । दुवै जना झाँक्री बोलाएको हेर्न जादा घटना भएको थियो । उक्त स्थानमा २ वटा मात्र घर रहेको छ ।
पिडित गुरुङका अनुसार गाउँले संग लिएको सापटी ५० हजार नगद र ५ तोला सुन सबै अन्नपात र लत्ता कपडा जलेको र २० लाख बरावरको क्षती भएको अनुमान गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij