Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

कर्फ्यूका कारण एमालेको जनप्रदर्शन स्थगित, युवा भेला जारी

कर्फ्यूका कारण एमालेको जनप्रदर्शन स्थगित, युवा भेला जारी


  • 337
    Shares

    कर्फ्यूका कारण एमालेको जनप्रदर्शन स्थगित, युवा भेला जारी
    images

    काठमाडौं । प्रशासनले कर्फ्यू आदेश जारी गरे पनि एमाले युवाहरूको प्रदेश भेला परवानीपुरमा जारी छ । महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने तय भएकोमा सिमरामा तनाव भएपछि सामान्य रूपमा कार्यक्रम गर्ने तयारी रहेको एमाले नेता किसान श्रेष्ठले बताए । जनप्रदर्शन भने स्थगित भएको छ ।

    सिमरा विमानस्थलमा जेन(जी प्रदर्शनको विरोधका कारण जहाज नगएपछि नेताहरू काठमाडौंमै रोकिएका छन् । जनप्रदर्शनका लागि विभिन्न स्थानबाट अगाडि बढेका एमाले कार्यकर्ता, समर्थक र शुभचिन्तक कर्फ्यूका कारण बाटैमा रोकिएको उनले बताए ।

    ‘पाँच हजार मान्छे बाटैमा छन्, उनीहरूलाई फर्किन भनिएको छ’, उनले बताए । यद्यपि परवानीपुरस्थित डीएभी स्कुलसँगै चयनपुरको चौरमा निर्धारित भेला स्थलमा दुई हजारभन्दा बढी मानिस भेला भइसकेका थिए । नेता श्रेष्ठका अनुसार आइसकेका कार्यकर्तालाई सम्बोधन गरिने र कार्यक्रम समापन गर्ने तयारी छ ।

    भेलाका निम्ति मधेशका ८ वटै जिल्लाबाट एक हजारभन्दा बढी सहभागी भएका छन् । भेलास्थल मुख्य सडकसँगै भएकाले सजग भएर कार्यक्रम सम्पन्न गरिने श्रेष्ठले बताए ।

    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - १४:२७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij