२०८२ मंसिर ३ गते बुधवार
काठमाडौँ । मधेस प्रदेशकामुख्यमन्त्री सरोज कुमार यादवले, ११ औँ राष्ट्रिय खेलकुद मधेस प्रदेशमै आयोजना गर्ने गरी तयारी थालिएको जानकारी दिएका छन् ।
जनकपुरधाममा निर्माण हुने श्री रामजानकीअन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशालाका लागि छुट्ट्याइएको मैदान अवलोकन गर्दै उनले, खेलकुद आयोजनाकै तयारी स्वरूप भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोगमा जनकपुरधाम रङ्गशाला निर्माण गर्न लागिएको जानकारी दिए ।
भारत सरकारले जनकपुरधामका लागि घोषणा गरेको एक सय करोड रकम रङ्गशाला निर्माणमा उनको भनाई छ ।
उनले जनकपुरधामका मेयर सहितले राष्ट्रिय खेलकुद परिषद्मापुगेर ११ औँ राष्ट्रिय खेलकुदमधेस प्रदेशमै आयोजना गर्ने सहितको प्रस्ताव समेत राखिसकेको बताए ।
त्यस्तै मधेसका आठवटै जिल्लाकाप्रमुख र आठ वटै जिल्लाका प्रमुख सहरहरूको पालिकाका प्रतिनिधि सदस्य रहने गरी ११ औँ खेलकुद सम्पन्नगर्न कार्यदल गठन भएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले बताए । मधेस खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा सो कार्यदल बनेको उनको भनाई छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij