Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

केपी ओलीको प्रश्न : भेला गर्न नदिने, सभा गर्न नदिने, प्रधानमन्त्रीजी कस्तो चुनाव गर्न खोजेको ?

केपी ओलीको प्रश्न : भेला गर्न नदिने, सभा गर्न नदिने, प्रधानमन्त्रीजी कस्तो चुनाव गर्न खोजेको ?


  • 400
    Shares

    केपी ओलीको प्रश्न : भेला गर्न नदिने, सभा गर्न नदिने, प्रधानमन्त्रीजी कस्तो चुनाव गर्न खोजेको ?
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई कस्तो चुनाव गराउन खोजेको हो भन्दै प्रश्न गरेका छन् ।

    बुधबार काठमाडौंमा स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा अध्यक्ष ओलीले दलहरूलाई सभा,सम्मेलन नै गर्न नदिएर सरकारले कस्तो चुनाव गर्न खोजेको हो भन्दै सरकारमाथि प्रश्न गरेका हुन् । 

    एमाले नेताहरू सिमरा जान लाग्दा जेनजीका नाममा बारामा प्रदर्शन भएको र सोही प्रदर्शनका कारण विमान सेवा ठप्प हुनुका साथै कर्फ्यु लगाइएको घटनालाई जोड्दै ओलीले प्रधानमन्त्री कार्कीलाई उक्त प्रश्न गरेका हुन् । 

    ‘सरकार चुनाव चुनाव भन्छ । भेला गर्न नदिने, सभा गर्न नदिने । म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु-कस्तो चुनाव गर्न चाहनुहुन्छ प्रधानमन्त्री जी ?’, ओलीको प्रश्न छ । 

     

     

    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - १५:४६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij