Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल हुने

सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल हुने


  • 1.8K
    Shares

    सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल हुने
    images

    काठमाडौँ । आज बेलुका ४ बजे सत्ता साझेदार दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरु बसेर मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्ने भएका हुन् । 

    ‘आज बेलुका ४ बजे सत्ता साझेदार दलका शीर्ष नेताहरु बसेर छलफल गर्दै हुुनुहुन्छ । आज एउटा ठोस छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ’ प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ‘शीर्ष तहमा छलफल भइरहेकाले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिने छौं ।’

    सरकारमा सहभागिताका हुने विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार छलफल गरेका थिए । प्रचण्ड र देउवाबीच सरकारमा सहभागी हुने विषयमा कसरी भागबण्डा गरेर जाने भन्ने विषयमा कुराकानी भएको बताएको छ ।

    यस्तै प्रहरी महानिरीक्षक अब कसलाई बनाउने भन्ने विषयमा समेत प्रचण्ड  र देउवाबीच संवाद चल्दै आएको छ ।

    प्रकाशित मिति :चैत्र ८ २०७९ बुधवार - १२:३०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij