२०८२ माघ १४ गते बुधवार
बागमती प्रदेश सरकारमा रहेका नेकपा एमालेका ४ मन्त्रीले आज सरकार छाड्ने तयारी गरेका छन्। आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिन लागेसँगै एमाले पनि सरकारबाट बाहिरिन लागेको हो।
केन्द्रमा सत्ताबाहिर रहेको एमाले प्रदेश सरकारमा पनि नरहने निर्णय गर्दै राजीनामा दिने तयारी गरिएको एमालेका प्रदेशसभा सदस्यले जानकारी दिए। सत्ता बाहिर बस्ने निर्णयमा पुगेको एमाले प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेर सरकारलाई विश्वासको मत नदिने पक्षमा रहेको स्रोतको दाबी छ।
यता, एमाले बागमती संसदीय दलका नेता तथा प्रदेशका अर्थ मन्त्री जगन्नाथ थपलियाले संसदीय दलको बैठक बसेर यसबारे छलफल गर्ने जानकारी दिए।
‘अहिले १२:३० मा संसदीय दलको बैठक बस्दै छ। सो बैठकबाट सरकार छाड्नेबारे निर्णय हुन्छ,’ थपलियाले भने।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij