Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

विश्वासको मत लिने तयारीमा बागमतीका मुख्यमन्त्री जम्कट्टेल

विश्वासको मत लिने तयारीमा बागमतीका मुख्यमन्त्री जम्कट्टेल


  • 2.8K
    Shares

    विश्वासको मत लिने तयारीमा बागमतीका मुख्यमन्त्री जम्कट्टेल
    images

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन् । उनले विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।

    नेकपा माओवादी केन्द्रका नेता एवम् बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल (शरद)ले आज मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरेको जानकारी दिए ।

    प्रदेश सचिव कृष्णहरि खड्काले आजको प्रदेश सभा बैठकमा विश्वासको मत लिने बाहेक अन्य कार्यसूची नभएको बताए ।

    नेकपा माओवादी केन्द्रका नेता जम्कट्टेल गत पुस २५ गते कांग्रेस, एमाले, राप्रपासहित ६ दलका १०५ सांसदको समर्थन पाएर मुख्यमन्त्री नियुक्त भएका थिए । उनले माघ ३ गते विश्वासको मतसमेत लिएका थिए । त्यतिबेला दिएको समर्थन राप्रपाले फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन् ।

    केन्द्र सरकारमा बदलिएको सत्ता समीकरणसँगै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । केन्द्र सरकारको समर्थन फिर्ता लिंदै सरकार छाडेको एमालेले बागमती प्रदेश सरकार भने छाडेको छैन । सरकारबाट बाहिरिने कि नबाहिरीने भनी निर्णय गर्न आज संसदीय दलको बैठक बोलाइएको एमाले नेता जगन्नाथ थपलियाले बताए ।

    बागमती प्रदेश सभामा ११० जना सांसद छन् । विश्वासको मतका लागि ५६ जना सांसदले साथ दिनुपर्छ । बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१ र नेकपा एकीकृत समाजवादीका ७ जना सांसद छन् । यसैगरी नेकपा एमालेका २७, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

     

    प्रकाशित मिति :चैत्र ८ २०७९ बुधवार - ११:११:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij