Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

दलित समुदायको हितकालागि सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री प्रचण्ड

दलित समुदायको हितकालागि सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री प्रचण्ड


  • 1.9K
    Shares

    दलित समुदायको हितकालागि सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री प्रचण्ड
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, दलित समुदायको विकास र उन्नतिकालागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

    मंगलबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको कार्यक्रममा बोल्दै उनले दलितहरूको मुद्दा र अधिकार प्राप्तिको सङ्घर्ष अन्तर्राष्ट्रियकरण मात्र नभई नयाँ सङ्घर्षका निम्ति पृष्ठपोषक समेत भएको बताए । 

    उनले भने ‘दलित समुदायको बृहत्तर विकास र उन्नतिकालागि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकअधिकार र समानताका निम्ति राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार एवं सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक समानताको आधारशिला खडा गर्न सकिन्छ । यसका निम्ति कानुन निर्माण, संशोधन एवं व्यवस्थापकीय पक्षहरूमा सुधारका खेल्नुपर्ने भूमिकाका लागि नेपाल सरकार प्रतिबद्ध छ ।’

    उनले दलित समुदायको उन्नतिका लागि मनाइने अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसले पनि सकारात्मक भूमिका खेल्ने बताए । 

    प्रकाशित मिति :चैत्र ७ २०७९ मंगलवार - १६:२७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij