Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

उपनिर्वाचनका लागि निर्वाचन आयोगले दियो दल दर्ताको समय

उपनिर्वाचनका लागि निर्वाचन आयोगले दियो दल दर्ताको समय


  • 1.5K
    Shares

    उपनिर्वाचनका लागि  निर्वाचन आयोगले दियो दल दर्ताको समय

    निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएका क्षेत्रमा हुने उपनिर्वाचनमा दल दर्ताका लागि समय समेत तोकेको छ।

    आगामी वैशाख १० गते तनहुँ–१ र बारा–२ र चितवन–२ मा उपनिर्वाचन हुँदैछ। चितवन–२ का लागि यसअघि नै दल दर्ता भइसकेको छ। तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म दल दर्ता गराइसक्न सूचना प्रकाशित गरेको छ।

    चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका थिए। उनको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट बदर भएको थियो। 

    त्यस्तै, बारा २ उपराष्ट्रपति रामसहायप्रसाद यादवले जितेको क्षेत्र हो। उपराष्ट्रपति निर्वाचित भएपछि यादवले सांसद पदबाट पनि राजीनामा दिएका थिए।

    तनहुँ १ बाट कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनले गत फागुन २५ गते राष्ट्रपति निर्वाचित भएसँगै सांसद पदबाट राजीनामा दिएका थिए। 

    chitwat-1-bara-2_pg6oMbPbfp.jpg

     

     
     

    प्रकाशित मिति :चैत्र ७ २०७९ मंगलवार - १०:५९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij