Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

प्रधानमन्त्रीलाई एमालेको प्रश्न: के कारणले कांग्रेसतिर फर्किनुपर्‍यो ? अर्को चोटी विश्वासको मत कहिले लिने ?

प्रधानमन्त्रीलाई एमालेको प्रश्न: के कारणले कांग्रेसतिर फर्किनुपर्‍यो ? अर्को चोटी विश्वासको मत कहिले लिने ?


  • 1.6K
    Shares

    प्रधानमन्त्रीलाई एमालेको प्रश्न: के कारणले कांग्रेसतिर फर्किनुपर्‍यो ? अर्को चोटी विश्वासको मत कहिले लिने ?
    images

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूसँग के कारणले सहयात्रा टुंग्याएको भनेर प्रश्न गरेका छन् ।

    सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि संसदमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले सोधे, ‘तपाईलाई के कारण पर्‍यो त्यो सहयात्राबाट यो सहयात्रामा फर्किनुभयो ?’

    उनले यदि कांग्रेससहितको दलसँगको सहयात्रामा फर्किनु थियो भने १० पुसमा एमालेसँग किन सहयात्रा गरेको भनेर प्रश्न गरे । ‘हिजो प्रधानमन्त्री बन्न एमाले लगायत राजनीतिक दल चाहिने तर २ महिना पनि नपुग्दै, प्रधानमन्त्री पाउनेवित्तिकै दूरीको सम्बन्ध कायम गर्दै पुरानै गठबन्धनतिर फर्किन खोज्नुभयो ।’

    उपाध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई एमालेले विश्वासको मत नदिने र संसदका कसैले पनि दिन नहुने बताए ।

    आज प्रतिनिधि सभा बैठकमा बोल्दै पौडेलले फेरि एक–दुई महिनामै प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने बताउँदै भने, ‘म सोध्न चाहन्छु, अर्को चोटी विश्वासको मत लिने कार्यसूची कहिले छ ?’

    उनले अघि भने, ‘यो मुलुकका सामुन्ने अर्को कुनै एजेण्डा छैन । क्षणक्षणमा विश्वासको मत । यो विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको त होइन ?’

    प्रकाशित मिति :चैत्र ६ २०७९ सोमवार - १४:४०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij