Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

राष्ट्रपति पौडेलसमक्ष आयोगले बुझायो उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन

राष्ट्रपति पौडेलसमक्ष आयोगले बुझायो उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन


  • 1.5K
    Shares

    राष्ट्रपति पौडेलसमक्ष आयोगले बुझायो उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन
    images

    निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही चैत्र ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाएको छ।

    राष्ट्रपति भवन शितल निवासमा एक समारोहकाबीच आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएका हुन्।

    प्रतिवेदन बुझ्दै राष्ट्रपतिले स्थानीय तहदेखि राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुँदा लोकतान्त्रिक अभ्यास परिपक्क बन्दै गएको बताए। उनले सबै निर्वाचन निर्वाध, निष्पक्ष र शान्तिपूर्णरुपमा सम्पन्न गरेकोमा आयोग र सरोकारवाला निकाय सबैलाई धन्यवादसमेत व्यक्त गरे।

    प्रमुख आयुक्त थपलियाले यो वर्ष आयोगको लागि निर्वाचन वर्ष भएको चर्चा गर्दै उपराष्ट्रपति निर्वाचनका बारेमा विस्तृत जानकारी गराएका थिए।

    त्यसक्रममा प्रमुख आयुक्त थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडी उपस्थित थिए।

    प्रकाशित मिति :चैत्र ५ २०७९ आइतवार - १६:३०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij