२०८२ मंसिर ४ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसले संसदको प्रतिपक्षीबाट सत्ता पक्षीय बेञ्चमा सर्ने तयारी गरेको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा संक्रमणकालीन न्याय र संवैधानिक परिषद्सम्बन्धी विधेयक पेश हुने भएको छ ।
माओवादी केन्द्रले राष्ट्रपतिमा समर्थन गर्दै १२ फागुनमै कांग्रेससँग सहकार्य सुरु गरेको थियो भने नेकपा एमालेले १५ फागुनमा समर्थन फिर्ता लिएर सरकार छाडेको थियो । तर कांग्रेस औपचारिक रुपमा सरकारमा नगएकाले संसदको प्रतिपक्षी बेञ्च छाडेन ।
सरकार छाडेको एमालेले पनि प्रतिपक्षमा बस्ने भएपछि सिट व्यवस्थापनमा समस्या भएकै कारण संसद बैठक बस्न सकेको थिएन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij