Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

नवनिर्वाचित उपराष्ट्रपतिको काम, कर्तव्य र अधिकार: यस्तो छ संवैधानिक व्यवस्था

नवनिर्वाचित उपराष्ट्रपतिको काम, कर्तव्य र अधिकार: यस्तो छ संवैधानिक व्यवस्था


  • 2.1K
    Shares

    नवनिर्वाचित उपराष्ट्रपतिको काम, कर्तव्य र अधिकार: यस्तो छ संवैधानिक व्यवस्था
    images

    काठमाडौं । संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचन र त्यसको अन्तिम परिणामअनुसार उनी विजयी भएका हुन् ।

    उनी तेस्रो उपराष्ट्रपतिको रूपमा निर्वाचित भए पनि कार्यकाल भने चौथो हो । किनभने उपराष्ट्रपति नन्दकिशोर पुन सात वर्षमा दुई कार्यकाल उपराष्ट्रपति बनेका हुन् । पहिलो उपराष्ट्रपति भने परमानन्द झा हुन् ।

    यादव विजयी भएसँगै उनी पाँच वर्षका लागि उपराष्ट्रपति पदमा रहेर आफ्नो कार्यभार सम्हाल्नेछन् । योसँगै उनको सांसद पद र पार्टी सदस्यता पनि खारेज हुने भएको छ ।

    संविधानमा यस्तो छ उपराष्ट्रपतिको कर्तव्यक्षेत्र

    २०७२ सालमा जारी भएको संविधानले राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी भाग ६ मा व्यवस्था गरेको छ । संविधानको धारा ६७ मा उपराष्ट्रपतिसम्बन्धी व्यवस्था गरिएको छ । ६७ (१) मा नेपालमा एक उपराष्ट्रपति रहनेछ भनेर लेखिएको छ ।

    यस्तै, ६७ (२) मा राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिनेछ भनि लेखिएको छ । अर्थात, राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट राष्ट्रपतिले गर्न पाउने सम्पूर्ण कार्यहरू सञ्चालन गर्न सक्ने संविधानले अधिकार दिएको छ ।

    संविधानको धारा ६६ राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले गर्न पाउने कामबारे उल्लेख गरिएको छ ।

    ६६. राष्ट्रपतिको काम, कर्तव्य र अधिकार : (१) राष्ट्रपतिले यो संविधान वा संघीय कानुनबमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ ।

    (२) उपधारा (१) बमोजिम अधिकारको प्रयोग वा कर्तव्यको पालन गर्दा यो संविधान वा संघीय कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुनेछ । त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्रीमार्फत पेस हुनेछ ।

    (३) उपधारा (२) बमोजिम राष्ट्रपतिको नाममा हुने निर्णय वा आदेश र तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरण संघीय कानुनबमोजिम हुनेछ ।

     

     

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - १७:१८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij