Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

काँक्रो र हरियो धनियाँमा भेटियो विषादी

काँक्रो र हरियो धनियाँमा भेटियो विषादी


  • 288
    Shares

    काँक्रो र हरियो धनियाँमा भेटियो  विषादी
    images

    काठमाडौं । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको काँक्रो र हरियो धनियाँमा अत्यधिक विषादीको मात्रा भेटिएको छ । समितिले १५ वटा तरकारीको नमुना सङ्कलन गरी विषादीको परीक्षण गर्दा २ वटा नमुनामा विषादी भेटिएको हो । 

    अर्गानोफस्फेट नामक विषादीको मात्रा अत्यधिक भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले जनाएको छ । भक्तपुरबाट बिक्रीका लागि ल्याएको हरियो धनियाँमा अगानोफस्फेटको मात्रा ५५.२९ प्रतिशत भेटिएको छ भने नवलपरासीबाट बिक्रीका लागि कालीमाटीमा ल्याएको काँक्रोमा ४६.५० प्रतिशत अगानोफस्फेट नामक विषादीको मात्रा भेटिएको छ । 

    बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ । 

    image_DDIUuIx9ZL.png

    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - ११:३०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij