२०८२ मंसिर ४ गते बिहिवार
काठमाडौं । मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल पदमुक्त भएलगत्तै नयाँ नेतृत्व चयनको विषयमा छलफल तीव्र भएको छ । बुधबार दुई तिहाइ बहुमतले मण्डललाई पदमुक्त गरेपछि आज सर्वदलीय बैठक बस्दैछ ।
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवका अनुसार नयाँ सभामुख चयन र मुख्यमन्त्रीको एजेन्डा बैठकका प्रमुख विषय रहने छन् । सात दलीय गठबन्धनभित्र सभामुखका लागि कसले दाबी गर्ने तथा मुख्यमन्त्री लोसपा बाटै रहने वा अन्य दलले दाबी गर्ने भन्ने बारेमा बैठकमा छलफल हुने जनाइएको छ ।
लोसपाले मुख्यमन्त्री आफूले पाउनेमा विश्वस्त रहेको जनाउँदै आएको छ । लोसपा संसदीय दलका नेता जयनुल राइनले जितेन्द्र सोनल नै पुनः मुख्यमन्त्री बन्नेमा आफूहरू विश्वस्त रहेको बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij