Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतमा पेश

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतमा पेश


  • 386
    Shares

    दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतमा पेश
    images

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन पेसीमा चढेको छ । सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइका लागि पेसी तोकिएको हो ।

    प्रसाईंमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ । आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीले गत मङ्सिर १ गते भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो ।

    उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए ।  

     

    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - ११:१९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij