२०८२ मंसिर ४ गते बिहिवार
काठमाडौं । एक पुरुष बालिकालाई जबरजस्ती चुम्बन गर्दा टोकेर चुडाई दिन जिब्रो
एक बालिकालाई जबरजस्ती चुम्बन गर्न खोज्दा पुरुषले जिब्रोको आधा भाग गुमाउनु परेको छ। घटना भारत, उत्तर प्रदेश कानपुरको हो। त्यहाँ एक विवाहित पुरुषले बालिकालाई जबरजस्ती चुम्बन गर्न खोज्दा भएको प्रतिकारमा जिब्रो गुमाएका हुन्।
ती ३५ वर्षीय पुरुष ९चम्पी नामले चिनिने० बालिकालाई आफ्नो सम्पर्कमा आउन भनिरहेका थिए। विवाहको तयारी गरिरहेकी ती बालिकाले उनलाई टाढा राखेकी थिइन्।
सोमबार दिउँसो पोखरीमा एक्लै नुहाउँदै गरेकी उनलाई देखेर पुरुषले पछ्याउँदै गए र जबरजस्ती अँगालो हालेर चुम्बन गर्न खोजे। बालिकाले प्रतिरोध गरिन्। पुरुष नहटेपछि उनले जोडले जिब्रो टोकेर आधा भाग काटिदिइन्। पुरुष चिच्याउँदै लड्न पुगे, रगत बगेपछि गाउँलेहरू आएर उनलाई अस्पताल पुर्याएका हुन्।
उनको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। प्रहरी उपायुक्त दिनेश त्रिपाठीले पनि घटनाको पुष्टि गरेका छन्। उनका अनुसार पुरुषविरुद्ध मुद्दा दर्ता भइसकेको छ। यसबारे थप कारबाही भइरहेको उनले जानकारी गराए। एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij