Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

बीडीएस शैक्षिक कार्यक्रम अन्तर्गत प्रवेश परिक्षाको नतिजा आयो, कोटा ५६०, उत्तिर्णको संख्या १९०३

बीडीएस शैक्षिक कार्यक्रम अन्तर्गत प्रवेश परिक्षाको नतिजा आयो, कोटा ५६०, उत्तिर्णको संख्या १९०३


  • 1.8K
    Shares

    बीडीएस शैक्षिक कार्यक्रम अन्तर्गत प्रवेश परिक्षाको नतिजा आयो, कोटा ५६०, उत्तिर्णको संख्या १९०३
    images

    चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह बीडीएस शैक्षिक कार्यक्रमको नतिजा प्रकाशन गरेको छ । आयोगले हिजो बिहिबार सो नतिजा सार्वजानिक गरेको हो ।

    जसमा आयोगले शिक्षण संस्थाहरुलाई छुट्याएको कोटाभन्दा अत्याधिक धेरै परिक्षार्थी प्रवेश परिक्षामा उत्तिर्ण भएका छन् ।

    गत फागुन २५ गते आयोगले लिएको (एमईसीईई–बीएल २०२३) अन्तर्गतको बीडीएस शैक्षिक कार्यक्रममा आयोगले जम्मा ५ सय ६० सिट छुट्याएको थियो । तर नतिजामा भने २ हजार ४ सय ६३ जना उत्तीर्ण भएका छन् ।

    यो संख्या छुट्याइएको सिट भन्दा १ हजार ९ सय ३ ले बढी हो । आयोगको नतिजा अनुसार दुई हजार ४६३ जना परीक्षार्थी बीडीएस अध्ययनका लागि योग्य भएका छन् ।

    बीडीएस शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका विभिन्न १४ शिक्षण संस्थालाई आयोगले जम्मा ५६० सिट छुट्याएको थियो ।

    रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस

    https://entrance.mec.gov.np/Download?fileName=UG2023BDS_Final_Result.pdf

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - १७:०८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij