२०८२ मंसिर ४ गते बिहिवार
गोरखाको पालुङटार नगरपालिका वडा नं. २ लिगलिग कोटमा भोली हुने तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडी तथा दौड प्रतियोगिताको सबै काम पुरा भएको आयोजक लिगलिग भिलेज स्पोर्टसका सचिव प्रमिला राना मगर गुरुङले जानकारी दिए ।
लिगलिग भिलेज स्पोर्टसको आयोजनामा हुने साइकल दौड ५३ किलो मिटरको रहेको छ । नेपालकै ठुलो साइकल दौड मानिएको यो प्रतियोगितामा दई जना बिदेशीहरुले पनि नाम दर्ता गराएको लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष बिनोद श्रेष्ठले बताए । आयोजकका अनुसार दौड लिगलिगमा रहेको राष्ट्रिय झण्डा भएको स्थानबाट सुरु भएर पुनः सोही स्थानमा फर्किएर समापन हुनेछ ।
दौड लिगलिगकोटबाट हर्मी भञ्ज्याङ–मकुन डाडाँ–आँपपिपल अस्पताल–बिरबारी–ओख्ले पुल हुदै लमजुङको राईनास–गरमबेशी हुदै पुनः गोरखाको चेपेघाट–हवाई ग्राउण्ड–तालपोखरी–ठाटीपोखरी–लुईटेल–बडडाडाँ–मैबल–बिजुली डाडाँहुदै पुनः लिगलिगकोट पुगेपछि दुरी समाप्त हुने सचिव गुरुङले बताए ।
प्रतियोगितालाई ३ फरक भागमा विभाजन गरेर आयोजना गरिएको छ । पुरुष कुलिन, पुरुष मास्टर र स्थानिय गरी ३ विधामा पुरस्कारको ब्यवस्था गरिएको कोषाध्यक्ष बिजय पाण्डेले बताए । पाण्डेका अनुसार पुरुष कुलिन तर्फ समूहका सहभागीहरु तर्फ प्रथमदेखी पाँचौ स्थानसम्मलाई ७५, ५०, ३०, १५ र ७ हजार ५०० रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
त्यस्तैगरी, पुरुष मास्टर समूहमा प्रर्थम हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद प्रदान गरिने छ । यता स्थानिय तर्फ पालुङटार, गोरखा नगरपालिका र सिरानचोक गाउँपालिका तथा लमजुङको राईनास र भानु नगरपालिका सहभागीहरु भने क्रमश प्रर्थम, द्वितिय र तृतिय हुनेलाई ५, ३ र २ हजार नगद प्रदान गरिने भएको छ । गत बर्षको दौडमा २ जना विदेशी सहित ८५ जनाले सहभागीता जनाएको थियो ।
दौडलाई पालुङटार र गोरखा नगरपालिका साथै प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले प्रायोजन गरेको छ भने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, गोरखाको सिरानचोक गाउँपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिकाले सह–प्रायोजन गरेको छ ।
आयोजकले दौडमा सहभागी हुनका लागी प्रति ब्यत्ती १ हजार ५०० रुपैयाँ दस्तुर तोकेको छ । दौडको प्रर्बद्दक नेपाल पर्यटन बोड र प्राविधिक सहयोग नेपाल साइक्लिङ संघ र राष्ट्रिय खेलकुद परिषद रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij