Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

कर्मचारीमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाही गर्न बैंकर्स संघको माग

कर्मचारीमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाही गर्न बैंकर्स संघको माग


  • 1.5K
    Shares

    कर्मचारीमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाही गर्न बैंकर्स संघको माग
    images

     पछिल्लो समय केही समूहले बैंक तथा वित्तीय संस्थाका कर्मचारीप्रति लक्षित गर्दै सांघातिक आक्रमण गर्ने, धम्की दिनेजस्ता अराजक गतिविधि भएकोमा नेपाल बैंकर्स एसोसिएसनले भत्सर्ना गरेको छ । त्यस्ता गतिविधि गर्ने र उक्साउनेलाई कारबाहीको दायरामा ल्याउन एसोसिएसनले सरकारसँग माग गरेको छ ।

    ‘विभिन्न समयमा मुलुकमा आइपरेको महा–भूकम्प, कोभिड महामारी जस्ता विषम परिस्थितिमा समेत आफ्नो ज्यानलाई जोखिममा राखेर अग्रपंक्तिमा रही सेवा प्रदान गरेका हाम्रा कर्मचारीमाथि जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दीप्रति घोर आपत्ति छ’ एक विज्ञप्ति जारी गर्दै एसोसिएसनले भनेको छ ‘घटनामा संलग्न दोषीहरुलाई यथाशीघ्र हदैसम्मको कारबाहीको माग गर्दछौं ।’
     
    अराजक र उत्तेजित अभिव्यक्ति दिई बैंकिङ क्षेत्रमाथि आक्रमण गर्न प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानुनी दायरामा ल्याउन एसोसिएसनले माग गरेको छ । यस्ता अप्रिय घटना नरोकिएमा कर्मचारीहरुको सुरक्षाका कारण बैंकिङ सेवा नै अवरुद्ध हुन सक्ने एसोसिएसनले चेतावनी दिएको छ । ‘गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानुन आफ्नो हातमा लिई भइरहेका अराजक घटनालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसँग अनुरोध गर्दछौं’ एसोसिएसनले भनेको छ ‘यस्ता गतिविधिले असहज वातावरण सृजना गर्ने, सामाजिक सहिष्णुतामा खलल पुर्‍याउने, आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्ने र अन्ततः अर्थतन्त्र नै धरासयी हुन सक्ने हुनाले सजग रहन आग्रह गर्दछौं ।’

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - १६:४३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij