Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

परीक्षा आयो, प्रवेश पत्र आएन

परीक्षा आयो, प्रवेश पत्र आएन


  • 2.0K
    Shares

    • images
    परीक्षा आयो, प्रवेश पत्र आएन
    images

    काठमाडौं । प्रदेश लोकसेवा आयोग मधेस प्रदेशले आइतबार लिन लागेको लोकसेवा आयोगको परीक्षामा सहभागी हुने परीक्षार्थीहरु अन्यौलमा परेका छन् ।

    आयोगले पाचौं तहको परीक्षाको लागि विज्ञापन खोलेर आइतबार ५ पाचँ परीक्षा तोकेको थियो । तर परीक्षार्थीहरुले शुक्रबारसम्म प्रवेश पत्र नपाएपछि अन्‍योलमा परेका हुन् ।

    एक परीक्षार्थीका अनुसार ४ दिनदेखि आयोगको सर्भरबाट प्रवेशपत्र लिन सकेको छैन । ‘पर्सी परीक्षा छ, अहिलेसम्म प्रवेश पत्र लिन सकेको छैन । सर्भर नचलेपछि अहिले प्रवेशपत्रबिना कसरी परीक्षा दिन जाने भन्ने अन्यौल छ,’ अनलाइनखबरसँग ती परीक्षार्थीले भने ‘कार्यालयले अहिलेसम्म सर्भर डाउन भएको वा के समस्या आएको केही पनि भनेको छैन, परीक्षार्थीहरुलाई आयोगले वास्ता गरेको छैन।’

    समाधान नभए विकल्प : आयोग

    यता, मधेस प्रदेश लोकसेवा आयोग कार्यालयका सचिव नरेशराज खरेलले सर्भर डाउन भएको भन्दै समाधान गर्न प्राविधिकले काम गरिरहेको बताए । उनले सर्भर ठिक भएमा भोलि शनिबार पनि प्रवेश पत्र निकाल्न मिल्नेगरी काम गरिरहेको बताए ।

    खरेलका अनुसार प्राविधिक रुपमा सर्भर बनाउन नसकेमा परीक्षार्थीले नागरिकता प्रमाणपत्र वा अन्य केही परिचय खोल्ने सक्कली सरकारी कागजात ल्याए पनि परीक्षामा सहभागी गराउन सक्ने आयोगले तयारी गरेको छ ।

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - १५:०७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij