Logo

२०८२ फाल्गुण २५ गते सोमवार

२०८२ फाल्गुण २५ गते सोमवार

अझै सुरु भएन यी ८ क्षेत्रको समानुपातिक मत गणना, ७० क्षेत्रमा सकियो

अझै सुरु भएन यी ८ क्षेत्रको समानुपातिक मत गणना, ७० क्षेत्रमा सकियो


  • 960
    Shares

    अझै सुरु भएन यी ८ क्षेत्रको समानुपातिक मत गणना, ७० क्षेत्रमा सकियो

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको परिणाम अन्तिम चरणमा पुग्दै गर्दा समानुपातिकतर्फ अझै आठवटा निर्वाचन क्षेत्रको मतगणना सुरु नै भएको छैन। 

    संखुवासभा, इलाम १, अछाम २, बाजुरा, गोरखा १ र २, धनुषा १ र २ को समानुपातिक तर्फको मतगणना अझै सुरु हुन नसकेको आयोगले जनाएको छ। देशका ६९ वटा क्षेत्रको समानुपातिक मतगणना भने सकिएको छ। ८८ क्षेत्रको मतगणना भने जारी छ।

    अहिलेसम्म ८४ लाख २५ हजार ६६६ मतगणना भइसकेको छ। जसमा रास्वपाले ४० लाख ७२ हजार ५०० सय मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको कांग्रेसले १३ लाख ६६ हजार ६२७ मत पाएको छ। 

    त्यसैगरि नेकपा एमालेले ११ लाख ५५ हजार ४२९ मत पाउँदा अर्को कम्युनिस्ट पार्टी नेकपाले ५ लाख ९५ हजार ५१० मत पाएको छ। 

    त्यसैगरि श्रम संस्कृतिले २ लाख ९४ हजार १६९, राप्रपाले २ लाख ७८ हजार ६८ र जसपाले १ लाख २६ हजार ८११ मत पाएको छ। यी हुन् मतगणना सकिएका र गणना सुरु नै नभएका क्षेत्र

    प्रकाशित मिति :फाल्गुण २५ २०८२ सोमवार - १३:५८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij